
आइतवार , कार्तिक २, २०८२
काठमाडौं, २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ ।
आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उहाँको भनाई छ । उहाँले जलेको घरको खरानी बाहेक केही नभएको बताउनु भयो ।
सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उहाँले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताउनु भयो । उहाँले खातामा २०÷२५ लाख रुपैयाँ हुनसक्ने बताउनु भयो
उहाँले भन्नुभयो ‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईहरु पनि एउटा टोली बनाएर छानविन गर्नुस् न, हो । अरुको सक्नुहुन्न भने केपी ओली एउटाको छानविन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासंघले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ ।
एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईहरुले हिसाव गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म संग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’
उहाँले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ती छानविन गर्न पनि चुनौती दिनुभयो । उहाँले सबैको सम्पती छानविन गर्न पनि आग्रह गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij