२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

सोमवार , कार्तिक ३, २०८२

  • 460
    Shares
  • 460
    Shares
  • काठमाडौं, ३ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ ।

    मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनितिकरण निर्मूल पार्नुपर्ने बताउनु भयो । त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उहाँलको भनाई   छ ।

    उहाँले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । त्यसको लागि कानून संशोधन गर्नुपर्ने उहाँले बताउनु भयो ।

    तर हाल कानून संसोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उहाँको भनाई छ । यद्यपि विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरु तयार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘विश्वविद्यालयहरुलाई राम्रो बनाउने हो भने राजनीतिकरण हुनुहुँदैन । राजनीतिकरण निर्मूल नै पार्नुपर्छ भन्ने अधिकांश भिसीहरुको सुझावअनुसार अब विश्वविद्यालयमा राजनीति कसरी हटाउने भन्ने कुरो यो उच्च शिक्षामा यसको मस्यौदा बनाउने र त्यो विल चाहीँ अहिले पास गर्न सकिँदैन ।

    राजनीतिकरण हटाउनको लागी शुरु चाहीँ कहाँबाट गर्नुपर्छ भने जुन विश्वविद्यालयहरुको कुलपति छ, त्यो कुलपति अहिलेसम्म प्रधानमन्त्री हुने चलन छ ।

    विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने र निष्पक्ष तरिकाले एउटा बोर्ड अफ ट्रष्टी गठन गरेर बोर्ड अफ ट्रष्टीले निष्पक्ष रुपमा कुलपतिहरुको चयन गर्ने भन्ने किसिमको एउटा व्यवस्था गर्ने भन्ने कुराहरु छ ।

    त्यसको लागी कानुन नै संसोधन गर्नुपर्ने हुन्छ, अहिले कानुन संसोधन गर्न सकिदैन । अध्यादेश ल्याउन पाइँदैन । त्यही पनि त्यो कार्यक्रमलाई अगाडी बढाउने भन्ने कुरा विश्वविद्यालयमा छ ।’ 

    उहाँले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परिक्षाफ निकाल्न निर्देशनन दिएको पनि जानकारी दिनुभयो । समयमा नै परिक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उहाँको भनाई छ ।

    उहाँले मन्त्रालयले विद्यालयका शिक्षकहरुले तलवभत्ता नपाएको विषयमा छानविन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जन लगायतका काम अगाडी बढाएको पनि जानकारी दिनुभयो ।