२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयो : गृहमन्त्री

सोमवार , कार्तिक ३, २०८२

  • 427
    Shares
  • 427
    Shares
  • काठमाडौं, ३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किनुभएको दाबी गर्नुभएको छ ।

    सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताउनु भयो । आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपाल नभएको उहाँको दाबी छ । 

    उहाँले भन्नुभयो, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुप¥यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वाता छापिएपछि आउनुभयो नी उहाँ त ।’ 

    गृहमन्त्री अर्यालले आईतवार सञ्चारमाध्याममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममो रहको अन्तर्वार्ता दिनुभएको थियो । सोमवार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिनुभएको छ ।