२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

केपी ओली कानून भन्दा माथी छैनन् : गृहमन्त्री अर्याल

सोमवार , कार्तिक ३, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, ३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताउनुभएको छ ।

    सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिनुभएको थियो ।

    गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिनुभएको छ । उहाँले पहिला केपी ओली कानूनभन्दा माथि भएपनि अब नभएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘यो चाहीँ कानून मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथी बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’ 

    उहाँले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताउनु भयो ।