
बुधवार , कार्तिक ५, २०८२
काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेन—जी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुग्नुभएको छ ।
जेन—जी आन्दोलनपछि पहिलो पटक उहाँ श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुग्नुभएको हो । यस अघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गर्नुभएको थियो ।
सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुग्नुभएको थिएन । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।
ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताउनुभएको थियो । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij