२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

सरकारले मसँग दुश्मनी लिएर अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ : ओली

बुधवार , कार्तिक ५, २०८२

  • 415
    Shares
  • 415
    Shares
  • काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाउनुभएको छ ।

    बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

    सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उहाँको आरोप छ ।

    उहाँले सरकारले आन्दोलनका पीडितहरुलाई न्याय दिलाउनुको सट्टा दुस्मनी साँधिरहेको आरोप लगाउनु भयो । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उहाँको जिकिर छ । 

    उहाँले भन्नुभयो, ‘आन्दोलनको क्रममा  लुटपाट गर्नेहरु वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरु विदेशका नभई यँही वरपरका थिए । अहिले पक्राउ गर्न सरकार तयार छैन ।

    झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुस्मनी देखिन्छ । त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुस्मनी छ ।

    सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेन–जी आन्दोलनकारीबाट आफैंमाथि  दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’

    जेन–जी पुस्ताका अगुवाहरुमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरुलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उहाँको आशंका छ ।