२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

समयमै निर्वाचन गर्न नसके यो सरकार असफल हुन्छ : कार्यबाहक सभापति अर्याल

सोमवार , कार्तिक १०, २०८२

  • 529
    Shares
  • 529
    Shares
  • भैरहवा, १० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति तथा पूर्वमन्त्री डोल प्रसाद अर्याल (डी.पी.) ले नागरिक सरकारको म्याण्डेट ६ महिनामा निर्वाचन गर्ने भएको बताउनुभएको छ । उहाँले समयमै निर्वाचन गर्न नसके यो सरकार असफल हुने दावी गर्नुभयो ।

    रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामनासहित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कार्यबाहक सभापति अर्यालले यस्तो बताउनुभएको हो । ‘निर्वाचन समयमै भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकारले राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्ता, सबैसँग समन्वय गरेर काम गर्नुपर्छ, ’अर्यालले भन्नुभयो– ‘राजनीतिक दल र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने भएकाले सरकारलाई सहयोग गर्नुपर्छ ।’

    रास्वपाले निर्वाचन केन्द्रीत कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । रास्वपा जनताको हितमा काम गर्ने पार्टी भएको उहाँको दावी छ । व्यवस्थाको विषयमा अहिले बहस गर्नुपर्छ र गर्ने बेला हो भन्ने आफूहरुलाई नलागेको बताउनुभयो । उहाँले मुलुक लोकतन्त्र, गणतन्त्रमा रहेकोले यही संविधानभित्र रहेर संघीयतालाई अब्बल, अझ राम्रो बनाउने र कार्यान्वयनको पाटोतर्फ बहस गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र, गणतन्त्र, अहिलेको संविधान, संघीयताबाहेक दाँयाबाँया विषयमा आफूहरु बहस गर्न नचाहेको उहाँले बताउनुभयो ।

    कार्यबाहक सभापति अर्यालले नयाँ शक्ति, समूह र अभियन्ताहरुसँग आफूहरु निरन्तर संवाद र छलफलमा रहेको जानकारी दिनुभयो ।