मंगलवार , कार्तिक ११, २०८२
काठमाडौं, ११ कार्तिक । जेन–जी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै जेन–जेड युनाइटेडका युवाहरुले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन् ।
जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट मंगलवार बबरमहलमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।
प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरुले जेन–जी समूहलाई एकतावद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij