२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छ : नेपाल

बुधवार , कार्तिक १२, २०८२

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ।

     बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको जिकिर थियो । उहाँले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ ।

    तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ । यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन् । यी सबै अवस्थामा हाम्रो ध्यान यो देशको सार्वभौमसत्ताको रक्षा गर्ने कसरी, विदेशीहरुको खेलमैदानबाट देशलाई जोगाउने कसरी, संविधान र गणतन्त्रको रक्षा गर्ने कसरी, सहज राजनीतिक परिस्थिति सृजना गर्ने कसरी ? यसमा हाम्रो ध्यान केन्द्रित रहेको छ ।

    त्यसकारण यो पवित्र उद्देश्यका साथ सरकार अघि बढछ भने हाम्रो पूरा सहयोग रहनेछ । यस अर्थमा हामीले चुनावको तयारीमा जुट्नुपर्ने हुन्छ । चुनावको तयारीमा जुट्ने, चुनावमा राम्रो परिणाम ल्याउने । त्यो आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।'

    अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भयो । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।