२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

अविरल वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित

बिहिवार , कार्तिक १३, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, १३ कार्तिक । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको छ । 

    बिहीवार बिहानैदेखि अविरल वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको हो । काठमाडौं उपत्यकामा बुधवार रातिदेखि नै अविरल वर्षा जारी छ । जसकारण आम नागरिकका दैनिक कामहरु प्रभावित भएका हुन् ।

    कार्यालय जानका लागि र दैनिक कामहरु गर्नका लागि वर्षाका कारण समस्या सिर्जना भएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराई भू–भागमा अधिकांश बदली रहने छ ।

    कोशी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै स्थानरूमा तथा बाँकी भू–भागका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, वागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभाव रहेको छ। साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।