२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

बिहिवार , कार्तिक १३, २०८२

  • 349
    Shares
  • 349
    Shares
  • काठमाडौं, १३ कार्तिक । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ । 

    राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरिएको हो । प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेश गर्नुभयो ।

    नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१–८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।