२०८२, कार्तिक १४ गते

Oct 31 2025 | २०८२, कार्तिक १४ गते

रोहिणीमा आइतबार साढे पाँचसय लालपूर्जा वितरण गरिदै

बिहिवार , कार्तिक १३, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १३ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकामा साढे पाँचसय जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिने भएको छ । गाउँपालिकाको ६ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा कार्तिक १६ गते आइतबार वितरण गरिने भएको हो ।

    कार्तिक १४ गते शुक्रबार समारोहको आयोजना गर्ने तय भए पनि मौसमको अवस्थाका कारण मिति परिवर्तन गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार आइतबार दिउँसो १ बजेदेखि वडा नम्बर ६ को वडा कार्यालयमा कार्यक्रम सुरु हुनेछ । उक्त कार्यक्रममा ५५० जनालाई लालपूर्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो । लामो समयदेखि लालपूर्जा नपाएका नागरिकले लालपूर्जा पाउने भएपछि खुसी लागेको उहाँले बताउनुभयो ।

    रोहिणी गाउँपालिका धकधई, रुपन्देही र नापी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा उक्त कार्यक्रम (समारोह) हुँदैछ ।

    यसअघि २०८१ साल असोजमा आयोजित समारोहमा रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको थियो । उक्त समारोहमा ४५० जनालाई लालपूर्जा वितरण गरिएको थियो ।