२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

हामीले भाग लिन नपाए निर्वाचन हुँदैन : रेशमलाल चौधरी

शुक्रवार , कार्तिक १४, २०८२

  • 760
    Shares
  • 760
    Shares
  • काठमाडौं, १४ कार्तिक ।  नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिनुभएको हो ।

    संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकीर समेत गर्नुभयो । उहाँले कुनैपनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताउनु भयो । 

    संरक्षक चौधरीले भन्नुभयो, ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लडने हामी ।

    कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ? रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु–फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव   हुन्छ ?’

    संरक्षक चौधरीले जेन–जी आन्दोलन आम नागरिकको विद्रोह भएको दावी समेत गर्नुभयो ।