२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

रूपन्देहीका चारवटा उद्योगमा विद्युत लाईन जडान

मंगलवार , कार्तिक १८, २०८२

  • 772
    Shares
  • 772
    Shares
  • भैरहवा, १८ कार्तिक । रूपन्देहीका चारवटा उद्योगमा विद्युत लाईन जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेवापतको वक्यौताको पहिलो तिरेपछि लाईन जडान गरिएको हो ।भैरहवा–बुटवल औद्योगिक कोरिडरमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लाष्ट र श्याम प्लाष्टिकले विद्युत लाईन जडान गरिएको हो ।

    यी चार उद्योगले सोमबार बक्यौतावापतको पहिलो किस्ता तिरेपछि लाईन जडान गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।

    पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहूले नियमन आयोगमा मुद्दा दर्ता गरेर कानूनी लडाई लड्दै उद्योग सञ्चालनका लागि पहिलो किस्ता तिरेर उद्योगमा लाईन जडान गरिएको बताउनुभयो । प्राधिकरणका अनुसार उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

    पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार रूपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रूपैयाँ, सिद्धार्थ पेटप्लास्टको १ करोड ८३ लाख रूपैयाँ र श्याम प्लाष्टिकको ४९ लाख १० हजार रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले सरकारले ट्रंक तथा डेडिकेटेड लाइनको विवाद टुंग्याउन आग्रह गर्नुभएको छ ।

    रुपन्देहीमा लाईन काटिएको १३ वटा उद्योगमध्ये ९ वटा उद्योगको लाईन अझै जडान गरिएको छैन् । लाईन जडान हुन नसक्दा उद्योगमा उत्पादन ठप्प हुन पुगेको छ भने हजारौं श्रमिक बेरोजगार बनेका छन् ।