२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छु : नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना

शुक्रवार , चैत्र १३, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • काठमाडौं, १३ चैत । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र साहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । 

    शुक्रवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाईं कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिनुभयो । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो । 

    उहाँले भन्नुभयो,‘मेरो दिल भित्रबाट, मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनैपनि गलत गर्ने छुट छैन । कुनै गल्ती भयो भने ती शहीदहरुको सराप म माथि लाग्ने छ । म यो विषयमा एकदम धेरै चिन्तित पनि छु । र फोकस भएर काम पनि गर्नेछु । र यहाँहरु हरेकले आफ्नो तह र तप्काबाट यो मेरो मिसनमा यो देशमा नयाँ सरकार आएको छ । बालेन्द्र साह प्रधानमन्त्री हुनुभएको छ ।

    हरेक मन्त्रालयले उहाँको मिशन र भिजनमा साथ दिने हो । म हाम्रो मन्त्रालयको तर्फबाट त्यसको लागि म पूर्ण रुपमा कटिवद्ध छु । र एज ए टिम तपाईहरु सबैबाट एकदमै ठूलो अनेष्टिका साथ, इमान्दारिताका साथ यहाँको जति जे क्षमता छ । त्यो क्षमताको पूर्ण सदुपयोग गरेर किनभने यहाँहरुले पनि भोली यो मन्त्रालयबाट पनि रिटायर्ड हुनुपर्ला ।

    जिम्मेवारीबाट पछि हटनु पर्ला । त्यतिबेला गर्व गर्न लायक एउटा वातावरण बनोसकि मैले यो देशले खोजेको बेलामा यति ठूलो योगदान गरेको थिए । त्यो दिन सम्झनालायक बनाउने जिम्मेवारी अव तपाईंको काँधमा पनि आएको छ । मेरो काँधमा पनि आएको छ । अब हामी एउटै परिवारजस्तो भएर यो देशको हितका लागि काम गर्नुपर्ने जिम्मेवारीमा छौँ ।’

    मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि बताउनु भयो ।