बुधवार , कार्तिक १९, २०८२
काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको बुधवार काठमाडौंमा सो सम्मेलन शुरु भएको हो ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गर्नुभएको हो ।
सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
सम्मेलनमा पार्टीको विधान, केन्द्रिय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij