२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

सुनको मूल्य फेरि उकालो

शुक्रवार , कार्तिक २१, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • काठमाडौं, २१ कार्तिक । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीवार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ ।  बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो ।

    सुनको मूल्यसँगै चाँदीको पनि मुल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो । दसै तिहार अघिसम्म सुनको भाउ निरन्तर बढेपनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुईसाता अघिबाट भाउ बढ्न थालेको छ ।