२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

विकिरण सहकारीको शेयर पूँजी पुग्यो १ करोड

आइतवार , कार्तिक २३, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • तिलोत्तमा, २३ कार्तिक । विकिरण बचत तथा ऋण सहकारीमा १ करोड १७ लाख १२ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा रहेको उक्त सहकारीले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा शेयर पुँजी पुर्याएको हो ।

    संस्थाले ९ करोड ४१ लाख ६ हजार ५ सय ७५ रूपैयाँ लगानी गरी १५ लाख ८१ रूपैयाँ मुनाफा गरेको छ । संस्थाका अध्यक्ष डिल्लीराम अर्यालले आर्थिक तरलता भइरहेका बेला यो सहकारी सुरक्षित र पारदर्शी रहेको बताउँदै शेयर सदस्यको हितमा रहेर काम गर्ने बताउनुभयो ।

    संस्थापक अध्यक्ष ओमबहादुर थापाले कोटिहवा क्षेत्रको पुरानो सहकारी भएको बताउँदै स्थापनाकालमा मासिक ५ रुपैयाँ उठाएर सुरुवात गरेको स्मरण गर्नुभयो । संस्थाले दीर्घ रोगी, मुटु, मृगौला, क्यान्सर लगायतका रोगीहरुलाई सहयोग सीपमुलक तालिम, अवलोकन भ्रमण र सहकारी शिक्षा तालिम गर्दै आएको जनाएको छ ।

    संस्थामा ५ सय ६ जना पुरुष र ५ सय ५३ जना महिला सदस्य गरी १ हजार ३९ जना शेयर सदस्यहरु छन् । संस्थाको १४ औ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा डिल्लीराम अर्याल उपाध्यक्षमा भूपति न्यौपाने, सचिवमा लोकनाथ कोइराला, कोषाध्यक्षमा रेमलाल पाण्डे, सदस्यमा अरुणा हमाल ठकुरी, रमा शर्मा, तिर्थराज खरेल, कृष्णप्रसाद भण्डारी र जिमला गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत तारा प्रसाद छन्तेलले जानकारी दिनुभयो ।

    यो संस्था २०५३ फागुन १६ गते स्थापना भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा कोषाध्यक्ष भविसरा रानाको स्वागत मन्तव्य तथा सचिव ध्रुव कुमार पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।