२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयो : ओली

आइतवार , कार्तिक २३, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • काठमाडौं, २३ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ । 

    आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहो¥याउन खोजिएको जिकीर गर्नुभयो ।

    उहाँले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत बताउनु भयो । 

    उहाँले भन्नुभयो,‘जहाँ अधिनायकवाद शुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौं । म्यानमारमा हामीले देख्यौं । त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो ।

    ६ वर्ष भयो त्यो मिति सरेको स¥यै छ । बंगलादेशमा ६ महिना भित्र चुनाव गरिसक्ने भन्नेकुरा भयो । डेढ वर्ष स¥यो । अब चुनाव नगराउने कुरा अब आउँदो फेबु्रअरीमा पनि चुनाव नहुने देखिन्छ ।

    त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहो¥याउन खोजिएको छ । देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ । यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो । यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन । लामो समय चल्न दिनु हुँदैन ।’

    अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई  द्वनद्वमा फसाउने प्रयास भईरहेको समेत दोहो¥याउनु भयो ।