२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो

सोमवार , कार्तिक २४, २०८२

  • 739
    Shares
  • 739
    Shares
  • कार्तिक २४, नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आईतवार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उत्तारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिदै आएका छन् ।