सोमवार , कार्तिक २४, २०८२
काठमाडौं, २४ कार्तिक ।निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ ।
सोमवार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा।जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचन आयोगको छलफल
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij