२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

निर्वाचन आयोगले थाल्यो राजनीतिक दलहरुसँग दोस्रो चरणको छलफल

बिहिवार , कार्तिक २७, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, २७ कार्तिक । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल शुरु भएको छ । 

    बिहीवार निर्वाचन आयोगमा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको हो । यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग आयोगले छलफल गरेको थियो ।

    बिहीवारको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसा भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा र राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरुको सहभागीता छ ।

    अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ । तर सरकार निर्वाचनको वातावरण बनाउन नलागेको आरोप राजनीतिक दलहरुले लगाउँदै आएका छन् ।

    नेकपा एमालेले संसद पुनःस्थापनाको पक्षमा निर्णय गरेर अदालत जाने बताइसकेको छ । यसअघि बुधवार मात्रै निर्वाचनबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको थियो ।