शुक्रवार , कार्तिक २८, २०८२
भैरहवा, २८ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा सदस्य थप गरेको छ । मनोनित हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवसहित पाँचजना रहनुभएको छ । केन्द्रीय सदस्यमा मनोनित यादव हाल जसपा नेपाल लुम्बिनी प्रदेशको कोषाध्यक्ष हुनुहुन्छ ।
त्यस्तै सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, रेखा गुप्ता र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ ।
त्यसै गरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्रा.डा. रामस्वारथ यादवलाई मनोनयन गरेको गरिएको छ । सल्लाहकार समिति सदस्यहरुमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजय कुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साह मनोनित हुनुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij