२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष जसपा नेपालमा फर्किए

आइतवार , कार्तिक ३०, २०८२

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ३० कार्तिक । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किनुभएको छ ।

    शनिबार रुपन्देहीको भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मा, केन्द्रीय सदस्य विद्या प्रसाद यादव, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादवलगायतले जसपा नेपालमा स्वागत गर्नुभएको हो ।

    party parbesh.jpg

    सो अवसरमा युवा नेता खानले आफू पुनः घरमा फर्किएको बताउनुभयो । उहाँले आफू जसपा नेपालको साथमा रहने बताउनुभयो । ‘मेरो राजनीतिक यात्रा जसपा नेपालबाट सुरु भएको हो, ’उहाँले भन्नुभयो–‘अब म आफ्नो परिवारमा आएको छु ।’ पार्टीको साधारण सदस्यको रुपमा आफूलाई दिइने जिम्मेवारी पूरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    त्यसै गरी समाजवादी युवा संघको केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन बढी युवा नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गर्नुभएको पार्टीका केन्द्रीय सदस्य विद्या प्रसाद यादवले जानकारी दिनुभयो ।