आइतवार , कार्तिक ३०, २०८२
भैरहवा, ३० कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्यसमिति, रुपन्देहीको बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न कार्यक्रममा ४० बढी युवा लोसपामा प्रवेश गर्नुभएको पार्टीको रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियारले बताउनुभयो ।
लोसपा केन्द्रीय सदस्य विजया खत्रीको विशेष पहलमा युवाहरु पार्टीमा प्रवेश गर्नुभएको अध्यक्ष रौनियारले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्लाका प्रत्येक वडा कमिटी पुर्नगठन समेत सुरु गरिएको उहाँले बताउनुभयो ।
लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij