२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव

आइतवार , कार्तिक ३०, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार रुपन्देहीको भैरहवामा भएको अधिवेशनले राम अवतार यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    रुपन्देहीको सियारी गाउँपालिका निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ जसपा नेपाल रुपन्देहीको पूर्व जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

    जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा शिव कुमार चौधरी (थारु), इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित हुनुभएको हो ।

    KKKK.jpeg

    एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताउनुभयो ।