२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : अध्यक्ष ओली

आइतवार , कार्तिक ३०, २०८२

  • 430
    Shares
  • 430
    Shares
  • काठमाडौं, ३० कार्तिक । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई  निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ । 

    आईतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो ।

    उहाँले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो ।

    यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताउनु भयो । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उहाँको प्रश्न छ । 

    उहाँले भन्नुभयो, ‘कतिपय साथीहरुले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले । भनिरहनुपर्छ र भन्या ? देशका सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनुपर्छ र ? गर्ने नै होइन नि ।

    चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ । तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन् । यस्तो सरकार । असंवैधानिक सरकार । योसँग चुनाव गराउने केको हक छ ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत । अनुभव बिहीन छ ।

    हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरु देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनुपर्छ ।’

    अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताउनु भयो ।