सोमवार , मंसिर १, २०८२
भैरहवा, १ मंसिर । रुपन्देहीको भैरहवामा एकदिने मासुको अचार बनाउने तालिम सम्पन्न भएको छ । आस्था महिला उद्यमी संघ सिद्धार्थनगर–९, रुपन्देहीको आयोजनामा आइतबार तालिम सम्पन्न भएको हो ।
तालिममा १ सय जना महिला सहभागी भएको संघको अध्यक्ष मिनिता थापा क्षेत्रीले बताउनुभयो । तालिममा १ सयजना महिला सहभागी भएको संघको अध्यक्ष मिनिता थापा क्षेत्रीले बताउनुभयो । ‘सीप सिकेर महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौं, ’उहाँले भन्नुभयो–‘विगतमा पनि आस्था महिला उद्यमी संघले विभिन्न किसिमका तालिम सञ्चालन गरिसकेको छ ।’
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर तथा ॐ साई नर्सिङ क्याम्पस भैरहवाको अध्यक्ष मीना पन्थीले महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भर र सक्षम बनाइ आफ्नै खुट्टामा उभिन सक्ने वातावरण तयार पार्न सर्कि परिवारदेखि लिएर समाज र समग्र राष्ट्रको विकास तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, सचिवालय सदस्य माया खनाल, लायन्स अगुवा तथा समाजसेवी तनु शर्मा कसौधन, लगायतले भनाइ राख्नुभएको थियो ।
आस्था महिला उद्यमी संघको अध्यक्ष मिनिता थापा क्षेत्रीको अध्यक्षता, कार्यक्रम संयोजक बेलबासेको स्वागत तथा महासचिव पवि खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक कमला न्यौपाने
र कविता खनालले प्रशिक्षण दिनुभएको संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij