२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

कर नीति समय सापेक्ष बनाउन जरुरी : अध्यक्ष अग्रवाल

सोमवार , मंसिर १, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • काठमाडौं, १ मंसिर । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गर्नुभएको छ।

     सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको र उपभोक्ताहरुको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरुको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरुले करका दरहरु घटाउँदै गइरहेको बताउनु भयो ।

    कतिपय देशहरुले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अवलम्वन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताउनु भयो । प्रतिष्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो ।

    भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको पनि बताउनु भयो । नेपालमा उत्पादित हुने सबै वस्तुहरुमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको छ । उपभोक्ताहरुको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरुको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरुले करका दरहरु घटाउँदै गइरहेका छन् ।

    युएईमा त आयकर अत्यन्त कम गरिएको छ, लगानी आकर्षण गर्नको लागि । समयसापेक्ष गर्न अर्थमन्त्रीज्युलाई अनुरोध गर्दछु । प्रतिष्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ ।

    भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक रहेको छ । नेपालमा उत्पादित हुने सबै वस्तुहरुमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको छ ।’

    अध्यक्ष अग्रवालले आयकर ऐनको पुनः लेखन गर्नुपर्ने माग गर्नुभयो । उहाँले डिजिटल बिजनेसको अन्योलता हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले संघ र स्थानीय तहको आफ्नो आफ्नो कानूनी व्याख्याका कारण घर बहाल करमा दाहोरो मार परेको बताउनु   भयो ।

    राजश्वको लक्ष्य पु¥याउने दबाबमा भएका कर निर्धारण आदेशहरुले आन्तरिक राजश्व विभागमा ठूलो वक्यौता रकम देखिएको र अर्कोतर्फ उद्यमी व्यवसायीहरु अनावश्यक कानूनी झन्झटमा परेको बताउनु भयो ।