२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मूलगेटमै निवेदनको ‘क्यूआर कोड’

सोमवार , मंसिर १, २०८२

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, १ मंसिर । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले प्रहरी कार्यालयमा आवश्यक पर्ने विभिन्न निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ टाँस गरेको छ । सेवाग्राहीको सहजताका लागि कार्यालयको मूलगेटमै निवेदनको ढाँचा ‘क्यूआर कोड’ टाँस गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    प्रविधिको ज्ञान भएका सेवाग्राही लक्षित क्यूआर कोडमै विभिन्न निवेदनका नमूनाहरु (जाहेरी दरखास्त, घरेलु हिंसा, ठाडो निवेदन, दुर्घटना, मोबाईल चोरी तथा हराएको, साईबर अपराध, खोजतलास, स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका–२०८० लगायतका निवेदनहरुको ढाँचाहरु राखिएको हो ।

    प्रहरी कार्यालयमा यहाँ आउने सेवाग्राहीलाई सरल र उहाँहरुको सहजताको लागि सेवाग्राहीले देख्ने गरी कार्यालयको मूलगेटमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ टाँस गरिएको छ । साथै कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा पीडितहरुको निवेदन निःशुल्क लेख्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालयलाई कुनै गुनासो वा सुझाव भएमा ‘क्यूआर कोड’ स्क्यान गरेर दिन सकिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो ।

    अब सेवाग्राहीले सहज रुपमा आफुलाई आवश्यक निवेदनको ‘क्यूआर कोड’ मोबाइलले स्क्यान गरी आवश्यक विषय लेखेर कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् । जसका लागि प्रहरी कार्यालयमा आवश्यक पर्ने विभिन्न ९ वटा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ कार्यालयले आइतबार आफ्नो फेसबुक पेजमार्फत पनि सार्वजनिक गरेको छ ।

    Qr code.jpg