२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सम्पर्कमा आउन अनुरोध

सोमवार , मंसिर १, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • भैरहवा, १ मंसिर । जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुरोध गरेको छ । सोमबार सूचना जारी गर्दै कार्यालयमा सात दिनभित्रमा सम्पर्क राख्न अनुरोध गरेको हो ।

    ‘गृह मन्त्रालय, राहत तथा तथ्यांक व्यवस्थापन शाखा सिंहदरबार, काठमाण्डौंको च. नं. ५५ मिति २०८२/०७/२५ को पत्रानुसार “जेन जी (Gen-Z) प्रदर्शनका घाइतेहरुको वर्गिकरण सम्बन्धी कार्यविधि, २०८२” अनुसार गठित हुने जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकाले उक्त आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्र र अस्पतालमा उपचार गराएको सम्पुर्ण कागजातसहित यस कार्यालयमा ७ (सात) दिनभित्रमा सम्पर्क राख्नुहुन अनुरोध छ, ’सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।