images

सोमवार, बैशाख १७ गते २०८१

प्रतिमान–नीमा प्रतिष्ठान : क्वारेन्टिनदेखि होल्डिङ सेन्टर राख्नेसम्म

प्रतिमान–नीमा प्रतिष्ठान : क्वारेन्टिनदेखि होल्डिङ सेन्टर राख्नेसम्म

images
images
images
आइतवार, बैशाख १२ २०७८
आइतवार, बैशाख १२ २०७८
  • प्रतिमान–नीमा प्रतिष्ठान : क्वारेन्टिनदेखि होल्डिङ सेन्टर राख्नेसम्म

    भैरहवा, १२ वैशाख ।
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गर्यो । लकडाउनका कारण मुलुक नै ठप्प हुने अवस्थामा पुग्यो । नेपालसंगै भारतमा समेत लकडाउन भएपछि रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरु पनि स्वदेश फर्कन बाध्य भए । लकडाउनका कारण उनीहरुलाई नेपाल प्रवेश गर्न भने सहज थिएन । त्यस्तै रोजगारीको सिलसिलामा तथा विभिन्न कारणले नेपालमा रहेका भारतीय नागरिकहरुलाई पनि भारत फर्कन चाहन्थे । उनीहरुलाई पनि भारत फर्कन तत्काल सहज अवस्था भएन । यस्तो अवस्थामा भैरहवामा तत्काल क्वारेन्टिन व्यवस्थापनको लागि तत्कालका लागि ठाउँ उपलब्ध नभएको अवस्थामा सिद्धार्थनगर नगरपालिका–३ स्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठान (प्रतिमान–निमा कलेज) ले आफ्नो भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सहजै तरिकाले उपलब्ध गरायो । ‘संकट परेको अवस्थामा देश र जनताको सेवा गर्नु नै हाम्रो मुख्य कर्तव्य हो भन्ने भावनाको साथ प्रतिमान–नीमा स्मृति प्रतिष्ठान अग्रसर भएर क्वारेन्टिन राख्न लुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री सुर्दशन बरालसंग प्रस्ताव राख्यौं, प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् ।’92941074_523305331709762_7466559275523899392_n.jpg

    images

    अलपत्र अवस्थामा रहेका भारतीय नागरिकलाई क्वारेन्टिनमा राख्न दिएपछि स्थानीय सरकारलाई पनि केही भए पनि सजिलो भयो । करिब २५ दिन १५६ भारतीय नागरिकलाई क्वारेन्टिमा राख्यौं, कलेजको भवनलाई क्वारेन्टिन बनाएर सेवा गर्न मौका पायौं, प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी. भन्छन्, ‘असहज अवस्थामा केही भए पनि गरौं भनेर आंट गर्यौं । त्यस्तै भारतमा अलपत्र १४४ नेपालीहरु प्रतिष्ठानमा बनेको क्वारेन्टिनमा राखिएको के.सी.ले जानकारी दिए । पछि पुनः ७३ जना भारतीयलाई क्वारेन्टिनमा राखिएको उनले बताए ।Indian-Nationals-returning-back-to-India-after-Quarantine-Period.jpg

    होल्डिङ सेन्टर

    आफ्नो भवनमा क्वारेन्टिन व्यवस्थापन मात्र नभएर होल्डिङ सेन्टर राख्न पनि प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले स्थान उपलब्ध गराएको थियो । नेपाली सेना र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा होल्डिङ सेन्टर राखिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । भारतबाट फर्केर करिब २५ हजार जना होल्डिङ सेन्टरमा बसेर आफ्नो गन्तव्यमा गएको थापाको भनाइ छ ।159472228_5109867299055647_5077486045924991780_n.jpg159108625_753872101993291_2102965261002976276_n.jpg159620714_921060875309062_5411921340751580485_n.jpg

    स्वास्थ्य सामाग्री प्रदान 

    प्रतिष्ठानले रुपन्देहीका जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देही, जिल्लाका विभिन्न स्थानीय तह तथा अस्पतालहरुलाई कोभिड–१९ बाट बच्न स्वास्थ्य मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका सुरक्षा सामाग्री प्रदान गरेको थियो । प्रतिष्ठानले लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल लगायतका स्थानमा स्वास्थ्य सामग्री उपलब्ध गराएको कार्यकारी निर्देशक थापाले जानकारी दिइन् ।received_233038248001630 (2).jpeg

    कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीलाई तालिम

    त्यस्तै प्रतिष्ठानले कोरोनाविरुद्ध लड्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको छ । कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै प्रतिष्ठानको पहलमा अमेरिकाको प्रोजेक्ट होपको सहकार्य, ब्राउन युनिर्भसिटी र युनिर्भसिटीको सहयोग तथा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा तालिम प्रदान गरिएको हो । विभिन्न समयमा विभिन्न अस्पतालका करिब १ हजार ८ सय २० स्वास्थ्यकर्मीहरुको उक्त तालिम लिएका थिए । प्युठान अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाल कोरोनाको बेला प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो भवन क्वारेन्टिनको लागि उपलब्ध गराउनु सराहनीय रहेको बताउँछन् । उनले स्वास्थ्यकर्मीलाई तालिम दिएर प्रतिष्ठानले महत्वूपर्ण कार्य गरेको बताए ।received_362642024703670.jpeg

    प्रतिष्ठानले सन् २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ ।








    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij