२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

सोमवार , मंसिर १, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • काठमाडौं, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

    सोमवार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरुले दल दर्ताका लागि आयोगमा निवेदन पेश गर्नुभएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको समेत बताउनु भयो ।

    नेतृ अधिकारीले भन्नुभयो, ‘हामी निर्वाचन केन्द्रित भएका छौ । हाम्रा सम्पूण गतिविधि निर्वाचनसँग सम्बन्धित छन् । बैकल्पिक शक्तिहरुको पनि निर्णायक भुमिका खेलिरहेको हाम्रो पार्टी जिम्मेवारी बोधका साथ लागेका छौँ ।

    हामीले विधिको शासन, नागरिकको सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि हामी सबै फागुन २१ को निर्वाचनमा होमिनु पर्दछ भन्ने निष्कर्ष निकालेका छौँ ।’

    त्यस अवसरमा नेतृ अधिकारीले जेन–जी आन्दोलनपछि सबै भन्दा पहिला मुलुकलाई निर्वाचनमा लैजानुपर्छ भनेर माग गर्ने पार्टी नै रास्वपा रहेको दाबी समेत गर्नुभयो ।