२०८२, मंसिर २ गते

Nov 18 2025 | २०८२, मंसिर २ गते

मधेसका मुख्यमन्त्रीविरुद्ध नवौं दिन पनि सात दलको विरोध कायमै

मंगलवार , मंसिर २, २०८२

  • 238
    Shares
  • 238
    Shares
  • काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् । 

    मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता ७ दलले मंगलवार ९ औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

    धर्नामा बस्नुभएका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाउनु भयो ।

    उहाँले आफूहरु मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरु ९र्औँ दिनपनि जारी राखेको बताउनु भयो । 

    मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेशमा आन्दोलन थालेको हो । नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।