२०८२, मंसिर २ गते

Nov 18 2025 | २०८२, मंसिर २ गते

राजसंस्था पुनःस्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छु : भण्डारी

मंगलवार , मंसिर २, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • काठमाडौं, २ मंसिर । सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आउनुभएका नेपाली काँग्रेसका केन्द्रियसदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताउनुभएको छ ।

    मंगलवार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताउनु भयो ।

    उहाँले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले काँग्रेसभित्र कपदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु ।

    पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ ।

    नेपालको नेपालको राजनीतिमा दलभित्र पनि ठूलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी काँग्रेस भएको छु ।’ 

    हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उहाँको आरोप छ ।