२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैन : ओली

शुक्रवार , मंसिर ५, २०८२

  • 487
    Shares
  • 487
    Shares
  • काठमाडौं, ५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गर्नुभएको छ । 

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताउनु भयो ।

    उहाँले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाउनु भयो । 

    अध्यक्ष ओलीले भन्नुभयो,‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाई यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस । शान्तिपूर्ण वातावरण बनाउनुस, हतियार फिर्ता ल्याउनुस ।

    अपराधीहरुलाई नियन्त्रणमा ल्याउनुस । निर्वाचनयोग्य वातावरण बनाउनुस । धेरै ब्याख्या गर्न चाहन्न । गराउनुस । त्यो तपाईले सक्नु हुन्न । तपाईको त्यो मनसाय पनि देखिदैन ।

    तपाईले गरेको वार्ता कस्ता छन ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले, काँग्रेस जस्ता पार्टीहरुलाई अपमान गरेको हो यो  १२५ वटा पार्टीहरुसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’

    अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताउनु भयो ।