२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

प्रधानमन्त्रीले सबै भारी बोकेर हिँड्न सक्दैन : प्रधानमन्त्री कार्की

बुधवार , मंसिर १०, २०८२

  • 388
    Shares
  • 388
    Shares
  • काठमाडौं, १० मंसिर । प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय (त्रिवि) का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताउनुभएको छ ।

    विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उहाँले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताउनुभएको हो ।

    बुधवार त्रिवि सभालाई सम्बोधन गर्दै उहाँले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफूपनि सहमत रहेको समेत उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पु¥याउन सक्ने अवस्था नरहेको तर्क समेत गर्नुभयो । उहाँले विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताउनु भयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘अब हामीले हरेक कुराको विकासलाई हेर्नुपर्छ । अब यो हेर्ने तपाईहरुले हो । हामी दृष्टि पु¥याउन सक्दैनौ । एउटै प्रधानमन्त्रीले सारा डोकोभरी सबै भारी बोकेर हिँड्न सक्दैन ।

    त्यसैले यो स्वायत्तताको कुरा जुन उठेको छ । पुनजीले उठाईरहनुभएको छ । उहाँ कोशिसमा हुनुहुन्छ । प्रयत्नमा हुनुहुन्छ । त्यो हुनुपर्छ भन्ने मलाई लाग्छ । पहिले हुर्किदाको पानी हाल्ने त । हुर्कीसकेपछि त आफै फुल्छ, आफै फल्छ । आफै गर्छ भन्नेतिर जानुपर्छ ।’

    प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरु आफैँले आयआर्जन गर्ने बाटोको खोजी गर्नुपर्ने पनि बताउनु भयो ।