बुधवार , मंसिर १७, २०८२
भैरहवा, १७ मंसिर । नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट भएका छन् । रुपन्देही क्षेत्र नम्बर १ र २ मा निर्वाचन र बाँकी क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको एमाले रुपन्देहीका जिल्ला उपाध्यक्ष हितराज पन्थीले जानकारी दिनुभयो ।
रुपन्देही क्षेत्र १ मा खुलातर्फ ध्रुव प्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिलातर्फ जगेश्वर देवी चौधरी र राधा शाही तथा युवातर्फ कृष्ण पौडेल प्रतिनिधि चयन हुनुभएको छ । यहाँ निर्वाचनबाट प्रतिनिधि चयन गरिएको थियो ।
त्यस्तै रुपन्देही–२ बाट खुल्लातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे प्रतिनिधिमा चयन हुनुभएको छ । यहाँ पनि निर्वाचनबाट प्रतिनिधि चयन गरिएको थियो ।
त्यसै गरी रुपन्देही–३ बाट राजेन्द्र प्रसाद पन्थी, अयोध्या थारू, नर बहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल र चक्र बहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।
रुपन्देही–४ बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी र रुपन्देही–५ बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल चयन हुनुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij