बुधवार , मंसिर १७, २०८२
काठमाडौं, १७ मंसिर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुने स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरुले आयोजना कटौतिका बिषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरुमा बजेट कटौती नहुने स्पष्ट पार्नुभएको हो ।
उहाले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएका कारण तरलता बढेको भन्दै यस्ता समस्या समाधान गर्ने बताउनुभयो । विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अव नरोकिने भन्दै तरलता केहि कम हुने उहाको भनाइ छ ।
उहाले सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकमलाई संघीय सरकारले उपयोग गरेकाले केहि सहज भएको जिकिर गर्नुभयो ।
मन्त्री खनालले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौति गरिएको भन्दै यसका कारण पर्ने असरका बारेमा छलफल गर्न सरकार तयार रहेको जिकिर गर्नुभयो ।
बैठकमा समिति सदस्यहरुले आयोजना कटौति, सांसद सेवा सुविधा कटौति लगाएतका बिषयमा चासो व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij