२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

तिलोत्तमामा विभिन्न पार्टी परित्याग गरी २४ जना जसपामा प्रवेश

आइतवार , श्रावण ३२, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, ३२ साउन ।
    विभिन्न पार्टी परित्याग गरी तिलोत्तमा नगरपालिका र रोहिणी गाउँपालिकाका २४ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् ।

    तिलोत्तमा–१० दर्शनटोलमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस तथा स्वतन्त्र गरी २४ जना जसपामा प्रवेश गरेको पार्टीका युवा नेता विद्या यादवले बताए । 

    जसपामा प्रवेश गर्नेहरुमा तिलोत्तमा–१० का विशम्भर भुज, राम विनोद यादव, भगवानदास चौधरी, पशुपति चौधरी, बासुदेव हरिजन, वशिष्ठ चौधरी, इन्द्र कुमार चौधरी, गणेशमान कुंवर, महादेव चौधरी, राजेश यादव, जितराम चौधरी, भगवती थारु, राजकुमार यादव, सोमनाथ बनिया, अनिरुद्ध यादव, रमेश यादव, जय प्रकाश चौधरी, अशोक चौधरी, खुम चौधरी, तिलोत्तमा–१७ का प्रदीप लोहार, राजकरन यादव, राधेश्याम यादव, अशोक कुमार चौधरी र रोहिणी–५ का राजेश हरिजन रहेका छन् ।
    उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादवले लगायतले पार्टीमा प्रवेश गराए ।

    त्यस्तै टोलटोलमा पुगेर पार्टीको संगठन विस्तार अभियानलाई निरन्तरता दिने जसपा रुपन्देही क्षेत्र नम्बर १ ले जनाएको छ ।