२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

जसपा नेपाल रुपन्देहीको विस्तारित बैठकले के गर्‍यो निर्णय ?

शनिवार , मंसिर २०, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २० मंसिर । जनता समाजवादी पाटी (जसपा), नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको विस्तारित बैठक शुक्रबार भैरहवामा सम्पन्न भएको छ । 

    बैठकले पुस १ देखि ५ गतेसम्म निर्वाचन कमिटी गठन गरेर उम्मेदवार सिफारिस गर्ने निर्णय भएको पार्टीको जिल्ला अध्यक्ष सियाराम यादवले बताउनुभयो । ‘पुस १ देखि पुस ५ गतेसम्म प्रत्येक दिन एउटा निर्वाचन क्षेत्रमा निर्वाचन कमिटी गठन गरिनेछ, ’अध्यक्ष यादवले भन्नुभयो–‘त्यसपछि प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्छौं ।’ फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा जसपा नेपाल लागेको उहाँले बताउनुभयो ।

    जसपा नेपाल रुपन्देहीका उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु अधिकारीको सञ्चालनमा भएको बैठकमा पार्टीको केन्द्रीय सदस्य कैलाश गुरुङ, सावित्रा वि.क., निलम यादव लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता-कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गर्नुभएको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताउनुभयो ।

    592916826_2484386351963901_800601621151112707_n.jpg