२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

रुपन्देही ५ मा कांग्रेसबाट भरत शाहको नाम एकल सिफारिस

बुधवार , मंसिर २४, २०८२

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहको नाम सिफारिस भएको छ ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ क्षेत्रीय समितिबाट पूर्व अर्थराज्यमन्त्री तथा तीनपटकका प्रतिनिधिसभा सांसद भरतकुमार शाहको नाम एकल सिफारिस भएको हो । शाह यसअघि सार्वजनिक लेखा समितिको सभापति हुनुहुन्थ्यो । नेपाली कांग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको मात्र नाम प्रस्ताव आएको र कुनै विरोध नउठेकाले एकल सिफारिस गरिएको बताउनुभयो ।

    यसैगरी समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान, मामकला थापा, तथा राष्ट्रियसभाका लागि सूर्यमति उपाध्याय र शेषमन यादवको नाम सिफारिस गरेको छ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्व सांसद फकरुद्दीन खानले बैठकमा प्रतिनिधि सभा सदस्यका लागि भरतकुमार शाहको नाम मात्रै प्रस्तावका रुपमा आएकोले उहाँको नाम सर्वसम्मत सिफारिस भएको बताउनुभयो ।