२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

रुपन्देही–३  : काँग्रेसबाट खाणसहित ६ जना सिफारिस

बुधवार , मंसिर २४, २०८२

  • 655
    Shares
  • 655
    Shares
  • भैरहवा, २४ मंसिर । आगामी फागुन २१ म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । 

    क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

    त्यस्तै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले बताउनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा, मिननाथ शर्मा, भिम प्रसाद न्यौपाने र मोहन सरदारलाई सिफारिस गरिएको छ ।

    WhatsApp Image 2025-12-10 at 9.41.06 AM.jpeg

    उम्मेदवार चयन सर्वसम्मत निर्णयबाट भएको गुरुङले जानकारी दिनुभयो ।