शुक्रवार , मंसिर २६, २०८२
भैरहवा, २६ मंसिर । नेपाली कांग्रेस नगर समिति, सिद्धार्थनगर , रुपन्देहीको सभापति पदमा उम्मेदवार दिने युवा नेता संजीव शर्मा रेग्मीले घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी संघ, वडा समिति, नगर समितिको कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसक्नुभएका शर्मा रेग्मीले यसपटक सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
‘अघिल्लो अधिवेशनमा म उपविजेता भएको थिएँ, खबरपात्रोसँग उहाँले भन्नुभयो–‘यसपटक पुनः सभापतिको उम्मेदवार बन्दैछु । सबैको साथ र सहयोगको अपेक्षा राख्दछु ।’
२०७८ सालमा भएको नगर अधिवेशनमा पनि उहाँले सभापतिमा उम्मेदवारी दिनुभएको थियो । तर, कोशिष बहादुर खड्कासँग पराजित हुनुभएको थियो ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पुस १७ गते पालिकाहरुको अधिवेशन हुँदैछ । सोही अन्तर्गत नेपाली कांग्रेस नगर समिति, सिद्धार्थनगरको पनि अधिवेशन हुन लागेको नगर सचिव अनिल कुमार के.सी.ले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij