२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

मृतकका परिवारलाई आर्थिक सहयोग

शनिवार , मंसिर २७, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २७ मंसिर । ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि. भैरहवा, रुपन्देहीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रा.लि.ले शनिबार मायादेवी गाउँपालिका–८ का स्वर्गीय शिव कुँवरको परिवारलाई नगद रु ५० हजार, खाद्यान्न, फलफूल लगायत सामग्री प्रदान गरेको हो ।

    ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि.का महाप्रबन्धक समिर शर्माले स्व.शिवका पिता टेक बहादुर कुँवरलाई रकम र सामग्री हस्तान्तरण गर्नुभयो । महाप्रबन्धक शर्माले दिवगंत शिव शर्माको आत्माको चिरशान्तिको काम गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धेर्यधारण शक्ति प्रदान गरुन् भन्दै समवेदना प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा केही सहयोग आवश्यक परे जानकारी गराउन परिवारलाई आग्रह गर्नुभयो ।

    मायादेवी गाउँपालिका–८ का वडाअध्यक्ष चोक बहादुर थापाले स्व. शिव कुँवरको ३५ वर्षको अल्पायूमै निधन भएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले परिवारको सहाराको रुपमा रहेको छोरा गुमाउँदा बुवा आमा झनै बिचल्लीमा परेको बताउनुभयो । ‘मृतक युवाका बुवाआमा बिरामी हुनुहुन्छ, यस्तो दुःखको समयमा ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि.ले मल्हम लगाउने काम गरेको छ, आगामी दिनमा पनि यो विपन्न परिवारलाई सहयोग गर्न म अनुरोध गर्दछु, ’वडाअध्यक्ष थापाले भन्नुभयो । 

    गत मंसिर २३ गते शिव कुँवरको सवारी दुर्घटनामा परी निधन भएको थियो । स्व. शिव कुँवर केही समय एजिलेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि.पनि कार्यरत रहनुभएको थियो । नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय युवा शक्ति क्षेत्री, कृष्ण मल्ल ठकुरी, सन्तोष भुसाल लगायतको उपस्थिति थियो ।