२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि

आइतवार , मंसिर २८, २०८२

  • 859
    Shares
  • 859
    Shares
  • काठमाडौं, २८ मंसिर । आईतवार नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आईतवार २२ सय रुपैयाँले बढेको छ ।

    शुक्रवार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघकाअनुसार चाँदीको मूल्य भने घटेको छ ।

    आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आईतवार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।