२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

काशीद्वारा गायक विनोद गुरुङ्गको उपचारका लागि आर्थिक सहयोग

सोमवार , मंसिर २९, २०८२

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा, २९ मंसिर । काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, रुपन्देहीले राष्ट्रिय गायक तथा शिक्षक विनोद गुरुङ्गलाई आर्थिक सहयोग गरेको छ । सोमबार गायक गुरुङ्गले विद्यालयमा एकल गायन (लाईभ कन्सर्ट) प्रस्तुत गर्नुभएको थियो । 

    पढाउन जाने क्रममा मोटरसाइकल दुर्घटना भइ दुवै खुट्टामा गम्भीर चोट लागि उपचार खर्च जुटाउनका लागि गुरुङ्गले विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्दै आउनुभएको छ । 

    गायक विनोद गुरुङ्गको उपचारमा सहयोगका लागि कक्षा ३ देखि माथिका विद्यार्थी, शिक्षक, कर्मचारीबाट संकलित ४० हजार रुपैयाँ प्रदान गरिएको काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो । 

    विद्यालयका कोर्डिनेटर हरि प्रसाद आचार्यले सवारी दुर्घटनामा परी दुवै खुट्टामा गम्भीर चोट लागेका गायक गुरुङ्गलाई शल्यक्रियाका लागि ठूलो रकम लाग्ने भएकोले विद्यालयले केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको बताउनुभयो । ‘गायक विनोद गुरुङ्गले आफ्नो उपचारका लागि सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ, हामीले उहाँलाई सक्दो सहयोग गर्नुपर्छ, ’आचार्यले भन्नुभयो ।