२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैन : योगेश भट्टराई

सोमवार , मंसिर २९, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ ।  

    सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

    उहाँले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा  पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्नसक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरु उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनुपर्छ भन्ने नै मुख्य कुरा हो ।

    त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ । पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टीका सदस्यहरुको गरिमालाई बढाउने विषय पनि महत्वपूर्ण छ । पार्टी अहिले नेतातिर फर्किएको छ । अब पार्टी नेतातिर फर्किर भएन, अब जनतातिर फर्काउने र जनताबाट आउने निर्वाचनमा अनुमोदित भएर आउने नेताले नेकपा एमालेलाई राज्यसत्ताको समेत नेतृत्व गर्ने उद्देश्यका साथ हामी चुनावी प्रतिस्पर्धामा छौँ ।’ 

    महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्यसत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको उहाँको भनाइ छ ।