२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

गोपाल रानाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

सोमवार , मंसिर २९, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, २९ मंसिर । काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औं महाधिवेशनमा नेता गोपाल रानाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सोमबार भूगोलतर्फ लुम्बिनी प्रदेशबाट खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो।

    राजनीतिक स्थायीत्व र समृद्ध मुलुकका लागि नेकपा (एमाले) लाई बलियो बनाउनु पर्ने र त्यसका लागि असल नेतृत्व खाँचो रहेको बताउँदै उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।

    हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरपालिकाको इञ्चार्ज रहनुभएका रानाले राजनीतिक स्थायीत्वबाट नै युवाहरुको माग सम्बोधन गर्न सम्भव भएको बताउनुभयो । यसका साथै राजनीति नै समाज रुपान्तरणको माध्यम भएको उहाँले उल्लेख गर्नुभयो ।

    रुपन्देहीमा हुने स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनमा पार्टीको मोर्चा सम्हाल्दै आएका उहाँ हालसम्म कुनै पनि लाभको पदमा रहनुभएको छैन ।

    युवाहरुको मुद्दालाई अगाडि ल्याउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।