मंगलवार , पौष १, २०८२
रुपन्देही, १ पुस । रुपन्देहीको सियारी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । पालिका भित्रका नागरिकलाई आँखासम्बन्धी प्राथमिक उपचारका लागि उपचार केन्द्र स्थापना गरिएको हो ।
रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको छ । स्वास्थय सेवालाई प्राथमिकतामा राखेको पालिकाले जनताले महशुष गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको छ ।
सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकलाई घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
गाउँपालिका भित्रका नागरिकहरूको उपचारमा सहजता प्रदान गर्नका लागि रगत तथा रगतजन्य वस्तुलाई निःशुल्क बनाएको पालिकाले आँखाको प्राथमिक उपचारका लागि उपचार केन्द्रको स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बिस्तारका लागि काम गरिरहेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्यलाई बिशेष ध्यान दिदै रगतको उपलब्धतादेखि मोतिया बिन्दुको अपरेसनसम्मलाई निशुल्क बनाईएको जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा बिस्तार गर्ने कार्यक्रम अन्तरगत सियारी ४ छपियामा रोटरी क्लव अफ रुद्रमति काठमाण्डौको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । रोटरीले आँखा उपचार केन्द्रका लागि आबश्यक पर्ने उपकरण समेत प्रदान गरेको क्लवका सचिव दीपक अछामिले जानकारी दिनुभयो ।
उहाँले आँखाको प्राथमिक उपचारका लागि आबश्यक पर्ने सम्पुर्ण उपकरण प्रदान गरिएको बताउदै उपचारमा अब उपचारमा सहजता मिल्ने उल्लेख गर्नुभयो ।
आँखा उपचार केन्द्रको स्थापना सहित बृहत आँखा शिविर समेत आयोजना गरिएको छ । सो अबसरमा पाँच सय बढी नागरिकले आँखाको प्राथमिक उपचार गरेको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । पालिकाभित्रै आँखाको उपचार पाएपछि नागरिकहरु खुसीले उत्साहित भएको जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij